सिथ व्लाइट

रोगको जीवाणु: Rhizoctonia solani

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: धान

लक्षण

पातको फेदमा अण्डाकार खैरा थोप्लाहरू देखा पर्छन् । पछि आकारमा वृद्धि हुँदै जान्छ र थोप्ला भएको ठाउँमा ढुसीको कालो गिर्खाहरू (Sclerotia) देखापर्दछ । बोटको माथिल्लो भागमा समेत पुग्छ र सुकेर डढेको जस्तो देखिन्छ ।
 

व्यवस्थापन

  • रोग अवरोधक जातको प्रयोग गर्ने ।
  • सिफारीश मात्रामा सन्तुलित मल प्रयोग गर्ने । बाक्लो रोपाई नगर्ने।
  • भेलिडामाईसिन ३% एल ३ ग्राम प्रती लिटर पानीमा मिसाएर प्रयोग गर्ने ।
  • हेक्जाकोनाजोल ५% इसी २ मिलि प्रती लिटर वा प्रोपिकोनाजोल २५% इसी १ मिलि प्रति ४ लिटर पानीमा मिसाएर छर्ने ।
  • पेन्साईकुरन २२.९ एससी १.५ मिलि प्रती लिटर पानीमा मिसाएर छर्कने ।