बाली संरक्षण प्रयोगशाला तत्कालिन सरकारको आ.व. २०४८/०४९ को संगठनात्मक संरचना अनुसार २०४९ श्रावण १ गतेदेखि सबै विकास क्षेत्रहरूमा क्षेत्रीय बाली संरक्षण प्रयोगशाला स्थापना गर्ने लक्ष अनुरूप २०४९/१०/०८ देखि विधिवत स्थापना भई कार्यारम्भ भएको हो । यस प्रयोगशालाको तत्कालिन कार्यक्षेत्रमा साविक पश्चिमाञ्चल विकास क्षेत्रका ३ अञ्चल (गण्डकी, धौलागिरि र लुम्विनी)का १६ जिल्लाहरू थिए, भने संघीयता कार्यान्वयन पश्चात गण्डकी प्रदेश सरकार स्थापना सँगै हाल यस प्रयोगशालाको कार्यक्षेत्र यस प्रदेशका ११ वटा जिल्लाहरुमा सिमित रहेको छ। प्रयोगशालाले स्थापनाकालदेखि नै बाली संरक्षण कार्यक्रमहरू संचालन गर्दा नवौं पञ्च वर्षीय योजनाले अवलम्वन गरेको एकिकृत शत्रुजीव व्यवस्थापन पद्धति र विभिन्न समयमा विभिन्न नीति तथा कार्यक्रम, योजनाहरुले निर्दिष्ट गरे अनुरूप नै आफ्ना कार्यक्रमहरू संचालन गर्दै आएको छ ।
बाली संरक्षण प्रयोगशाला तत्कालिन पश्चिमाञ्चल विकासक्षेत्र गण्डकी अञ्चल, तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत खैरेनीटार गा.वि.स. वडा नं. ९ मा अवस्थित भई कार्यारम्भ तथा सुचारु भएकोमा मिति २०६२ बैशाख २२ गते संयुक्त सुरक्षा फाजले कार्यालय भवनहरू लिएकाले मिति २०६२ जेष्ठ ३ गतेदेखि पोखरा सरेको र मिति २०६२/०४/२१ को मन्त्रीस्तरको निर्णयबाट विधिवत रूपमा तत्कालिन जिल्ला कृषि विकास कार्यालय कास्कीको बिरौटा (पोखरा) स्थित परिसरभित्र मिति २०७५ /०६/ १० गते प्रदेशमा हस्तान्तरण भई हाल पोखरा-१७ मा अवस्थित रहेको छ ।