क) बाली बिरुवाहरूको रोगकीरा व्यवस्थापन सम्बन्धी

१. प्रयोगशाला निदान सेवा सञ्चालन गर्ने

२. प्रदेशभित्र विभिन्न बालीमा देखापर्ने रोग कीरा पहिचान गरि समस्या समाधानमा सहयोग पु¥याउने

३. रोग कीराहरूको म्युजियम व्यवस्थापन गर्ने

४. प्रादेशिक पेष्ट म्याप (Pest Map) अद्यावधिक तथा प्रकाशन

५. प्रदेशस्तर बाली संरक्षण गोष्ठी सञ्चालन गर्ने

६. आकस्मिक बाली संरक्षण सेवा सञ्चालन गर्ने

७. सर्भे एण्ड सर्भिलेन्स कार्यक्रम सञ्चालन गर्ने ।

८. प्रदेश IPM स्तरको समन्वय समितिको बैठक सञ्चालन गर्ने ।

९. आई.पि.एम प्रवर्द्धन कार्यक्रम(जस्तै नमुना आइ.पी.एम गाउँ स्थापना, स्रोकेन्द्र सुदिृढीकरण आदि) सञ्चालन गर्ने

१०. बाली संरक्षण प्रविधि संकलन, विश्लेषण र प्रकाशन गर्ने

११. ट्राइकोडर्मा/ट्रइकोग्रामा जस्ता Bio-control Agents  हरूको  उत्पादन कल्चर संरक्षण र प्रयोग गर्ने ।

१२. घुम्ती बाली उपचार शिविर संचालन गर्ने ।

 

 

ख) विषादी व्यवस्थापन सम्बन्धी

१. प्रदेशभित्र विषादीको कारोबारमा संलग्न व्यक्तिहरूलाई तालिमको व्यवस्थापन गर्ने

२. विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोगको लागि आवश्यक पूर्वाधार तयारमा सहयोग गर्ने

३. विषादी र त्यसको सुरक्षित प्रयोग सम्बन्धी जनचेतना जागरण कार्यक्रम सञ्चालन गर्ने

४. प्रदेशस्तरमा कृषि क्षेत्रमा कार्यरत प्राविधिकहरूलाई विषादी सम्बन्धी तालिमको व्यवस्था गर्ने

५. विषादीको अनुगमन तथा प्रादेशिक खपतको तथ्याङ्क अद्यावधिक गर्ने

६. विषादी खुद्रा विक्रेताहरूको इजाजत–पत्र नवीकरण गर्ने

७. जैविक विषादी (Bio-pesticides) उत्पादकहरूलाई प्रोत्साहनको लागि सहयोग गर्ने

८. कृषि उपजमा तोकिएको मापदण्ड अनुसारको विषादीले गर्ने असर वा विषादीको मात्रा पत्ता लगाउने कार्यको लागि विषादी अवशेष द्रुत विश्लेषण का सञ्चालन गर्ने

९. विषादी विक्रेताको नियमित अनुगमन निरीक्षण गर्ने ।

 

ग) पोष्ट हार्भेष्ट सम्बन्धी व्यवस्थापन

. बाली उत्पादनोपरान्त क्षति न्यूनीकरण गर्नको लागि प्याक हाउस, कुलवट स्थापना र सञ्चालनमा सहयोग गर्ने ।

२. ताजा कृषि उपजहरूको पोष्टहार्भेष्ट हाण्डलिङ् उपकरण र बी बिजन उत्पादन, प्रशोधन तथा भण्डारण सम्बन्धी उपकरण अनुदानमा सहयोग गर्ने

३. पोष्टहार्भेष्ट क्षति न्युनीकरण सम्बन्धी अन्य कार्यहरू गर्ने ।