मकैको डाँठ कुहिने रोग

रोगको जीवाणु: Erwinia carotovora

जीवाणुको प्रकार: Bacteria

क्षति गर्ने बालीहरु: मकै

लक्षण

जमिन भन्दामाथि डाँठको दोश्रो आँख्ला नजिकैको भित्री भागको गुदीको रङ बदलिन्छ र डाँठ कुहिन जान्छ। कुहिने प्रकृया तलवाट माथी सर्दै जान्छ । पात पहेलिन्छन, विरुवा ढल्दछ र कुहिएको भाग गन्हाउँछ ।

व्यवस्थापन

  • पानी निकासको राम्रो प्रबन्ध गर्ने ।
  • विरुवामा चोट पटक लाग्नवाट बचाउने ।
  • खेतबारी सफा राख्ने ।
  • घुम्ती वाली प्रणाली अवलम्बन गर्ने ।
  • गवारो कीरा नियन्त्रण गर्ने ।
  • उचित दुरीमा मकै लगाउने, बाक्लो नछर्ने ।