गहुँको कालो पोके रोग

रोगको जीवाणु: Ustilago nuda tritici

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: गहुँ

लक्षण

रोगी विरुवा स्वस्थ विरुवा भन्दा केही दिन अघि फूल्ने गर्दछ तथा सामान्य भन्दा अलिक होचो हुने गर्दछ । गहुँको वालामा दाना लाग्नुको सट्टा ढुसीको जीवाणुको कालो धुलोको पोकामा परिणत हुन्छ ।

व्यवस्थापन

  • स्वस्थ बीउको प्रयोग गर्ने तथा रोग कम लाग्ने अन्नपूर्ण लगायतका जातहरु लगाउने ।
  • रोग लागेको बालावाट धुलो नउड्दै उखेलेर खाल्डोमा पुर्ने वा जलाउने ।
  • ४०° से.मा एक मिनेट तातो पानीले बीउ उपचार गरेर बीउ छर्ने वा कार्बोक्सीन १७.५% + थिराम १७.५% मिश्रीत विषादी २ ग्राम प्रती केजी बीउका दरले बीउ उपचार गरी रोप्ने ।