मकैको घोगा कुहिंने रोग

रोगको जीवाणु: Fusarium moniliformi

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: मकै

लक्षण

मकैको घोगामा रोग लागेको दाना फुस्रो गुलाबी वा फिक्का पहेंलो रंगको हुन्छ । सामान्यतया शुरुमा ढुसीले घोगाको टुप्पोवाट आक्रमण गर्दछ भने कहिलेकाही फेदमा पनि आक्रमण गर्न सक्छ, पछि पुरै घोगा ढाक्न सक्छ ।

व्यवस्थापन

  • रोग अवरोधक जातको प्रयोग गर्ने ।
  • घुम्ती वाली प्रणाली अपनाउने ।
  • खेतबारी सफा राख्ने ।
  • स्वस्थ बीउ प्रयोग गर्ने ।
  • बीउ तथा अन्न राम्रोसँग सुकाएरमात्र भण्डारण गर्ने ।
  • कार्बोक्सीन १७.५% + थिराम १७.५% मिश्रीत विषादी २ ग्राम प्रती केजी बीउका दरले बीउ उपचार गरी रोप्ने ।
  • घोगा लाग्ने बेलामा डाइथेन एम ४५ रोगनाशक विषादी वोटमा छर्कने