धानको खैरो थाप्ले रोग

रोगको जीवाणु: Helminthosporium oryzae

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: धान

लक्षण

पात वा धानको दानामा स साना गोलाकार वा लाम्चिला खैरो थोप्लाहरु देखिन्छन् । शुरुमा थोप्लाहरू अंडाकार हुन्छन् । थोप्लाको बीचमा फुस्रो खरानी रंग र चारैतिर हल्का पहेंलो किनाराले घेरिएको हुन्छ ।

व्यवस्थापन

  • रोग अवरोधक जात प्रयोग गर्ने
  • सन्तुलित मात्रामा मल प्रयोग गर्ने
  • तातो पानी वा रोगनासक विषादीले बीउ उपचार गर्ने
  • कार्वेन्डाजिम ५०% डव्लु पी २-३ ग्राम प्रति किलो ग्राम बीउको दरले बीउ उपचार गर्ने
  • स्वस्थ धान खेतको बीउ प्रयोग गर्ने
  • प्रांगारिक मल तथा कम्पोस्ट मल हाली माटोको अवस्था सुधार्ने
  • सिंचाइ भएको ठाउँमा चैत्र महिनाको सुरुमा नै सिफारिश गरिएका उन्नत जातका धानहरू रोप्ने ।
  • मेन्कोजेव ७५% डब्लुपी विषादी ३ ग्राम प्रति लिटर वा प्रोपिनेव ७०% डब्लुपी ३ ग्राम प्रति लिटर पानीको दरले मिसाइ १५ दिनको फरकमा ३ पटक छर्कने ।