धानको मरुवा रोग

रोगको जीवाणु: Pyricularia oryzae

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: धान

लक्षण

पातमा स-साना सेता टीका बीचमा भएका डुङ्गा आकारका लाम्चिला खैरा थोप्ला देखा पर्दछन् । बालादेखि तलको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिन्छन् ।
थोप्ला जोडिदै जाँदा पुरै पात डढेको देखिन्छ । आँख्लामा आक्रमण भएमा सजिलै भाँचिन्छ, बालाको फेदमा आक्रमण हुँदा बाला भाँचिन्छ वा सुकेर जान्छ जसलाई घाँटीको डढुवा (Neck Blast) भनिन्छ ।

व्यवस्थापन

• रोग अवरोधक जातको धान लगाउने ।
• कार्बेन्डाजिम ५०% डब्लुपी २-३ ग्राम प्रति किलो बीउका दरले बीउ उपचार गरी व्याड राख्ने ।
• संतुलित मात्रामा रसायनिक मल प्रयोग गर्ने, सिफारिश गरेको भन्दा धेरै नाईट्रोजन प्रयोग नगर्ने ।
• सिंचाईको पानी रोग लागेको खेतवाट रोग नभएको ठाँउमा जान नदिने ।
• ट्राइसाइक्लाजोल ७५% डब्लुपी ०.७५ ग्राम प्रति लिटर वा कसुगामाइसिन ३% एस एल १.५ मिलि प्रति लिटर पानीमा वा हेक्जाकोनाजोल ५% इसी २ ग्राम प्रति लिटर पानीमा वा क्रेसोक्जिम मिथाइल ४४.३ एस सी १ मि लि प्रति लिटर पानीमा मिसाइ १५ दिनको फरकमा २-३ पटक छर्ने ।