मकैको डाउनी मिल्ड्यु

रोगको जीवाणु: Sclerospora sacchari/S. phillipinesis/ Scleropthora ravssiaes var. zeae)

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: मकै

लक्षण

पातको लम्बाईतिर रङ्ग उडेको धर्काहरु देखिन्छन्, शुरुमा धर्काहरु सेता वा हल्का पहेँला हुन्छन् पछि खैरा- पहेंला हुन्छन् । ओसिलो मौसममा पातको तल्लो सतहमा मसिनो ढुसी (Downy growth) देखिन्छ । बोट पुड्को हुनु, घोगा नलाग्नु, विरुवाको आकार बिग्रनु मुख्य लक्षणहरु हुन् ।

व्यवस्थापन

  •  रोग अवरोधक जातको प्रयोग गर्ने ।
  • स्वस्थ बीउको प्रयोग गर्ने ।
  • मेन्कोजेव ७५% डब्लु पि ३ ग्राम वा मेटाल्याक्सील ८% + मेन्कोजेव ६४% विषादी २ ग्राम प्रति केजी का दरले बीउ उपचार गर्ने ।