मकैको धवाँसे थेग्ले रोग

रोगको जीवाणु: Cerospora zeae-maydis

जीवाणुको प्रकार: Fungus

क्षति गर्ने बालीहरु: मकै

लक्षण

यो रोगको लक्षण धान चमरा निस्कने बेलामा प्रकोपको रुपमा देखापर्छ । फेद नजिकका पातमा सुरुमा स-साना पहेंला वा खैरा दागहरु देखिन्छन् । दुइ-तीन हप्ताभित्र नशासँग समान अन्तरमा लाम्चिला धर्साहरुमा परिवर्तन हुन्छ । थेग्लाहरु एक आपसमा चाँडै नै जोडिएर पात पुरै ध्वासे रंगमा परिणत भई डढ्छन् । पातवाट डाँठ, घोगाको खोस्टामा फैलिन सक्दछ । रोगी बोट भाचिने, घोगा हलुका वा थोता हुने लागेका दाना पनि साना चाहुरिएका र टेडा हुने हुन्छ ।

व्यवस्थापन

  • रोग अवरोधक जात - गणेश १, मनकामना १ वा ३ वा ६, देउती, हिलपुल पहेंलो लगाउने ।
  • पछौटे मकैमा बढी समस्या हुने हुँदा समयमा नै मकै रोप्ने र पातलो रोप्ने ।
  • २ वर्षसम्म घुम्ति वाली प्रणाली अपनाउने ।
  • रोगीबोटका अवशेष जलाउने, रोगको लक्षण देनासाथ पात हटाउने
  • संतुलित मलखादको प्रयोग गर्ने
  • रोग देखा पर्ने वित्तिकै कार्वेन्डाजीम ५०% डब्लु पी १ ग्राम वा मेन्कोजेव ७५% डब्लु पी ३ ग्राम
  • प्रति लिटर पानीका दरले मिसाइ छर्ने ।