धानको डढुवा रोग

रोगको जीवाणु: Xanthnomonas campestris p.v. oryzae

जीवाणुको प्रकार: Bacteria

क्षति गर्ने बालीहरु: धान

लक्षण

पातको किनारामा भिजेको जस्तो दाग देखिन्छ र दाग बढेर किनारा तरगीं (wavy) हुँदै पहेंलो वा हलुका खैरो रङ्गका देखिन्छन् । पातहरु टुप्पोवाट सुकेर मर्दछन् । कलिलो बोटमा आक्रमण गरेमा ओइलाउने र मर्ने हुन्छ जसलाई kresek (क्रेसेक) भनिन्छ ।

व्यवस्थापन

• रोग अवरोधक जातको प्रयोग गर्ने।
• सिफारीश अनुसारको रासायनिक मल प्रयोग गर्ने।
• एग्रीमाइसिन-१०० विषादी ०.२५ ग्राम वा स्ट्रेप्टोमाइसिन सल्फेट ९% + टेट्रासाइक्लिन हाइड्रोक्लोराइड १% डब्लु पी ०.२५ ग्राम प्रति लिटरका दरले बनाएको झोलमा बीउलाई ३० मिनेट डुवाएर बीउ उपचार गर्ने ।
• रोग लागेको खेतमा केही दिन पानी सुकाउने, रोग लागेको खेतवाट स्वस्थ खेतमा पानी जान नदिने ।