खुम्रे कीरा

Scientific Name: Phyllophaga/Anomala spp.

क्षति गर्ने बालीहरु: धान, मकै, गहुँ, कोदो, जौ, लहरे वालीहरु, काउली वर्गका वालीहरु, आलु, खुर्सानी, गोलभेंडा, उखु

पहिचान

खुम्रे कीरा असिंचित पाखो जमीनमा प्रमुख समस्याको रूपमा रहेको छ । यो खपटे कीराको लार्भा (खुम्रे) ले माटो मुनी बसेर वाली बिरुवाको जरा र माटो मुनीको भाग पनि खाइदिन्छ । फलस्वरुप उत्पादनमा कमिका साथै जरा र माटो मुनीको भाग प्रयोग हुने वालीको गुणस्तर घट्न जान्छ । खपटे वर्गमा पर्ने विभिन्न प्रजातीका खुम्रे कीराको वयस्क खपटे गाढा खैरो, कालो, पहेंलो, हरियो लगायतका विभिन्न रङ्गका हुन सक्दछन् । यिनीहरुको शरीर चिल्लो बनावटको आवरण र माटो खन्ने प्रकृतिका गोडाहरू भएको हुन्छ । शरीरको सरदर लम्बाई १५ मि.मि र चौडाई ८ मि.मी. हुन्छ । लार्भा अंग्रेजी वर्णमालाको सी आकारको खुम्ची राख्ने र बोसो रंगको सेतो शरीर भएको, पहेंलो टाउको भएको र छातीमा ३ जोडीमात्र खुट्टा भएको हुन्छ । खुम्रे कीराले विशेष गरी मकै, कोदो, गहुँ, आलु, तरकारी, उखु लगायतका वालीहरुमा बढी नोक्सानी गर्ने गरेको छ । पोथी कीराले माटो वा काँचो गोबर भित्र अण्डा पार्दछन् । अण्डावाट खुम्रे बन्न २-३ हप्ता लाग्छ भने खुस्रेहरु ९ देखि २१ महिनासम्म खाँदै रहन्छन् त्यसपछि अचल अवस्थामा जान्छन् । अचल अवस्था ३-६ महिनासम्म रहन्छ । यो कीराको वयस्क र लार्भे दुवै जाडोमा माटो मुनि पाइन्छन् । यिनीहरुको जीवनचक्र पुरा हुन प्रजाती अनुसार ६ महिना देखि ३ वर्ष सम्म लाग्न सक्दछ ।

क्षतिको लक्षण

सामान्यतया खुनेहरु बलौटे र असिञ्चित माटोमा बस्न मन पराउँछन्। मकै र कोदो खुम्रे कीराले ज्यादै मन पराउने वालीहरु हुन् । जंगल नजिकैको बारीमा यिनीहरुको प्रकोप बढी हुन्छ । वयस्क अवस्थाको खुसे कीरा रुख, झाडी तथा घाँसे मैदानमा बस्छन् र नजिकको खेति वालीमा आक्रमण गर्दछन् । डाँठ तथा जरामा स्पष्ट क्षति देखिन्छ भने बोटहरु ओइलाएका हुन्छन् । वयस्क खपटेहरुले पात कोपिला तथा फूलहरु चपाइ खाएका लक्षण पनि देखिन्छ ।

रोकथामका उपाय

  • माटोमा चिस्यानको व्यवस्थापन गर्दा क्षति र खुझेको संख्या घटाउन मद्दत गर्दछ ।
  • खेतबारीमा रहेका झारपात तथा अवशेषहरु नष्ट गरी खेतवारी सफा राख्ने ।
  • गर्मीको समयमा गहिरो खनजोत गर्ने र हप्ता दिनसम्म खाली राख्दा खुप्से सतहमा आउने प्राकृतिक शत्रु चराले खाइदिन्छ र खुमेको संख्या घट्दछ ।
  • पाकेको गोबर मल वा कम्पोष्ट मल मात्र प्रयोग गर्ने ।
  • जमिन तयारीको समयमा केतुकीका मसिना टुक्राहरू १० केजी को दरले वा चिउरीको पीना २० के. जी. प्रति रोपनीका दरले प्रयोग गर्दा खुसे कीराको नोक्सानी कम गर्न सकिन्छ ।
  • यसले कम मनपराउने वालीहरु जस्तै टमाटर, लसुन, प्याज, धनिया आदिलाई मिश्रीत बालीको रुपमा प्रयोग गर्दा खुसेवाट हुने क्षति कम गर्न मद्दत पुग्दछ ।
  • मेटारिजियम एनिसोप्ली जैविक विषादी ५ ग्राम प्रति के. जी. का दरले कम्पोष्टमा मिलाइ बनाएको उपचारीत कम्पोष्ट मल १ मे. टन प्रति रोपनीका दरले वाली लगाउने समयमा प्रयोग गर्ने ।
  • क्लोरोपाइरिफस १०% जीआर विषादी १ केजी प्रति रोपनीका दरले मकै छर्नुभन्दा अघि छर्ने ।
  • यसको प्रकोप भएको स्थानहरुमा क्लोरोपाइरिफस २ मिलि प्रति लिटर पानीमा मिसाइ विरुवा रोपेको वरिपरि माटो भिज्ने गरी छर्नु पर्दछ वा
  • क्लोरोनट्रानिलिमोल ०.४ दानादार विषादी २५० ग्राम वा क्लोरोपाइरीफस १०% दानादार विषादी १ केजी वा कार्टाप हाईड्रोक्लोराइड ४% दानादार विषादी १ केजी प्रति रोपनीका दरले जग्गा तयारीमा छर्ने ।