उखुको प्लासी बोरर

Scientific Name: Chilo tumidicostalis Hamson

क्षति गर्ने बालीहरु: उखु

पहिचान

लार्भाको पछाडि ढाडमा ४ वटा गुलावी खैरो अथवा वैजनीरंगको लामो धर्सा हुन्छ भने वयस्क पुतली दालचिनी जस्तो खैरो रंगको हुन्छ । यो कीराको अण्डावाट लार्भा हुन ७ दिन, लार्भावाट प्युपा हुन २६ दिन र प्युपा ४६ वटा ११ -६ वयस्क हुन दन लागि ३९ देखि ६४ दिनमा जीवन चक्र पूरा गर्दछ । भदौ महिनाको पहिलो हप्ता देखि कात्तिकको पहिलो हप्ता सम्म बढी क्षति पुर्याउने यो कीराको प्रति वर्ष ५-६ पुस्ता निस्कन्छन् ।

क्षतिको लक्षण

उखु वालीको महत्वपूर्ण शत्रुको रुपमा रहेको यो कीराको भर्खर अण्डावाट निस्केका लार्भाहरुले लाँक्राको माथिल्लो ३ देखि ५ वटा अन्तर डाँठमा जम्मा भइ सुरुङ्ग बनाई क्षति गर्दछन् । क्षति भएको डाँठको पातहरु सुक्दछन् र प्रभावित लाँक्रा सजिले भाँचिन्छन् । केही समयपछि हुर्किएका लार्भाहरुले सोही बोटको तल्लो भाग वा अन्य बोटमा पुनः प्रवेश गरी भित्र भित्र सुरुङ्ग बनाई खान थाल्दछन् ।

रोकथामका उपाय

  • वाली लगाए देखि नकाटुन्जेल वाली तथा कीराको नियमित अवलोकन गर्ने
  • सम्भव भए सम्म कीरा अवरोधी जात लगाउने
  • बत्तिको पासोको प्रयोग गरी वयस्क पुतलीहरुलाई जम्मा गरी नष्ट गर्ने ।
  • क्षति भएका उखुका टुप्पा तथा अन्य भाग नियमित रुपमा संकलन गरी नष्ट गर्ने
  • वर्षा याममा उखु खेतमा पानीको निकासको राम्रो व्यवस्था मिलाउने
  • कीराको प्रकोप देखा पर्न थाले पछि नाईट्रोजन मलको प्रयोग नगर्ने
  • कीराले अण्डा पार्ने समयमा ट्राइकोग्रामा ५० हजार प्रति हेक्टरका दरले १०/१० दिनको फरकमा छोड्ने
  • पहिलो र दोश्रो पुस्ताका कीराले अण्डा पार्ने समयमा थायोडिकार्ब ७५ डब्लु पि २ ग्राम प्रति लिटर पानीका दरले बोट भिज्ने गरी छर्ने वा
  • क्लोरएनट्रानिलिप्रोल १८.५ एससि ०.४ मिलि प्रतिलिटर पानीका दरले छर्ने ।