क) बाली बिरुवाहरूको रोगकीरा व्यवस्थापन सम्बन्धी
१. प्रयोगशाला निदान सेवा सञ्चालन गर्ने ।
२. प्रदेशभित्र विभिन्न बालीमा देखापर्ने रोग कीरा पहिचान गरि समस्या समाधानमा सहयोग पु¥याउने।
३. रोग कीराहरूको म्युजियम व्यवस्थापन गर्ने ।
४. प्रादेशिक पेष्ट म्याप (Pest Map) अद्यावधिक तथा प्रकाशन ।
५. प्रदेशस्तर बाली संरक्षण गोष्ठी सञ्चालन गर्ने ।
६. आकस्मिक बाली संरक्षण सेवा सञ्चालन गर्ने ।
७. सर्भे एण्ड सर्भिलेन्स कार्यक्रम सञ्चालन गर्ने ।
८. प्रदेश IPM स्तरको समन्वय समितिको बैठक सञ्चालन गर्ने ।
९. आई.पि.एम प्रवर्द्धन कार्यक्रम(जस्तै नमुना आइ.पी.एम गाउँ स्थापना, स्रोत केन्द्र सुदिृढीकरण आदि) सञ्चालन गर्ने ।
१०. बाली संरक्षण प्रविधि संकलन, विश्लेषण र प्रकाशन गर्ने ।
११. ट्राइकोडर्मा/ट्रइकोग्रामा जस्ता Bio-control Agents हरूको उत्पादन‚ कल्चर संरक्षण र प्रयोग गर्ने ।
१२. घुम्ती बाली उपचार शिविर संचालन गर्ने ।
ख) विषादी व्यवस्थापन सम्बन्धी
१. प्रदेशभित्र विषादीको कारोबारमा संलग्न व्यक्तिहरूलाई तालिमको व्यवस्थापन गर्ने ।
२. विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोगको लागि आवश्यक पूर्वाधार तयारमा सहयोग गर्ने ।
३. विषादी र त्यसको सुरक्षित प्रयोग सम्बन्धी जनचेतना जागरण कार्यक्रम सञ्चालन गर्ने ।
४. प्रदेशस्तरमा कृषि क्षेत्रमा कार्यरत प्राविधिकहरूलाई विषादी सम्बन्धी तालिमको व्यवस्था गर्ने ।
५. विषादीको अनुगमन तथा प्रादेशिक खपतको तथ्याङ्क अद्यावधिक गर्ने ।
६. विषादी खुद्रा विक्रेताहरूको इजाजत–पत्र नवीकरण गर्ने ।
७. जैविक विषादी (Bio-pesticides) उत्पादकहरूलाई प्रोत्साहनको लागि सहयोग गर्ने ।
८. कृषि उपजमा तोकिएको मापदण्ड अनुसारको विषादीले गर्ने असर वा विषादीको मात्रा पत्ता लगाउने कार्यको लागि विषादी अवशेष द्रुत विश्लेषण एकाइ सञ्चालन गर्ने ।
९. विषादी विक्रेताको नियमित अनुगमन निरीक्षण गर्ने ।
ग) पोष्ट हार्भेष्ट सम्बन्धी व्यवस्थापन
१. बाली उत्पादनोपरान्त क्षति न्यूनीकरण गर्नको लागि प्याक हाउस, कुलवट स्थापना र सञ्चालनमा सहयोग गर्ने ।
२. ताजा कृषि उपजहरूको पोष्टहार्भेष्ट हाण्डलिङ् उपकरण र बीउ बिजन उत्पादन, प्रशोधन तथा भण्डारण सम्बन्धी उपकरण अनुदानमा सहयोग गर्ने ।
३. पोष्टहार्भेष्ट क्षति न्युनीकरण सम्बन्धी अन्य कार्यहरू गर्ने ।
Copyright © 2025. All rights reserved.