बाली संरक्षण प्रयोगशाला, गण्डकी प्रदेश, पोखराको आधिकारिक वेबपेजमा स्वागत छ
गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालय र कृषि विकास निर्देशनालय मातहत स्थापित बाली संरक्षण प्रयोगशाला, पोखरा-१७ विरौटा स्थित साविक क्षेत्रीय बाली संरक्षण प्रयोगशालाको भवनमा अवस्थित रहेको छ। हाल यस प्रयोगशालाले गण्डकी प्रदेशका कुल ११ वटा जिल्लाहरुमा सेवा प्रवाह गर्दै आएको छ। रोगकिरा व्यवस्थापन, विषादी प्रयोगको सही व्यवस्थापन र उत्पादनोपरान्त प्रविधि प्रसार यस प्रयोगशालका प्रमुख कार्यजिम्मेवारीहरु हुन् ।